काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाइएको हो ।
संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पाैडेलले सर्वदलीय बैठक बाेलाएका हुन् । सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध पार्दै आएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए ।
एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गरेका थिए । संसद्को गतिरोध हटाउने विषयमा आइतबार नै प्रधानमन्त्री दाहालले राखेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको थियो ।




















प्रतिक्रिया