Logo

प्रमुख समाचार

समाजवादी माेर्चाकाे बैठक जारी



काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी रहेकाे छ।

आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिएपछि सो बैठक सोमबार बस्ने गरी बोलाइएको थियाे । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बिहान ७ः ३० बजेदेखि बसिरहेकाे छ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने सम्भावना छ। साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने जनाइएकाे छ । माेर्चामा नेकपा एस, माओवादी केन्द्र, जसपा नेपाल र नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ०९:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।