काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद इस्राईल मन्सुरीले गर्ने भएका छन् । उपसभामुख सृजना दनुवारले बिरामी भएको पत्र पठाउँदै सभा चलाउने जिम्मा मन्सुरीलाई दिएका थिए । उपसभामुख दनुवारकाे पत्रपछि बिहान अलमलमा परेका मुख्मन्त्री थापाले आजै विश्वासकाे मत लिने भएका छन् ।
ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तर उनले मुख्यमन्त्री थापालाई विश्वासको मत पनि हाल्ने भएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले मन्सुरीले प्रदेशसभाको अध्यक्षता पनि गर्ने अनि विश्वासको मत पनि हाल्ने बताए ।
प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेशसभामा कुनै प्रस्तावमाथि प्रस्तावमा निर्णायक मत मात्र दिन पाउने संवैधानिक व्यवस्था छ । तर सत्ता गठबन्धनले भने सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मुख्यमन्त्रीको पक्षमा मतदान गराउन लागेको हो ।




















प्रतिक्रिया