Logo

अर्थ

शिवशिखर र सार्थक सहकारीबाट पीडित हुनेकाे तथ्यांक खाेज्दै प्रहरी, रकमकाे प्रमाणसहित सम्पर्क गर्न आग्रह



रूपन्देही । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सहकारीको बारेमा अनुसन्धान अघि बढेका कारण पीडितहरूले रकम जम्मा गरेको प्रमाणसहित इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको हो । तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको दर्ता नं. ४६/०७८/०७९ को सार्थक बहुउद्देश्यीय सहकारी संस्था र भक्तपुर जिल्ला ठिमी नगरपालिका अन्तर्गत कौशलटार मुख्य कार्यालय रही रुपन्देहीको बुटवल उप महानगरपालिका–१० योगिकुटीमा शाखा कार्यालय रहेको दर्ता नं. ५८८/०६९/०७० को शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबारे प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

शिव शिखरका घरधनीले केही महिनाअघि घर भाडासमेत नपाएको र सञ्चालकसमेत सम्पर्कविहीन भएपछि प्रहरी र उपमहानगरको रोहबरमा घर खाली गराएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले ती सहकारीका सञ्चालक पक्राउ परेकाले पीडितहरूको वास्तविक तथ्याङ्क निकालेर मुद्दा दर्ता गर्नका लागि निवेदन सङ्कलनमा लागिएको जनाए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १५:११   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।