काठमाडौं । नेकपा एकीकृत समाजवादी कोशी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने बताएका छन् । मुख्यमन्त्री थापाले पेस गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले प्रदेशलाई मध्यवाधिमा जानबाट रोक्न थापालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।
‘मध्यावधिको त्रास सुनिएको छ । यसमा चाहिँ हामी सबै मिलेर मध्यावधिलाई टार्नुपर्छ’, नेता राईले भने, ‘त्यसका लागि हामीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिन्छौं । भोलि परेको बेला पनि मध्यवाधिसम्म प्रदेशलाई पुग्नबाट रोक्न हामीले भूमिका खेल्छौं ।’ नेता राईले अहिले सत्ता गठबन्धनको पक्षमा ४७ देखिसकिएको बताए । अब मुद्दा मामिला गरेर रोक्न खोज्नु अनैतिक हुने उनको भनाइ छ ।
नेता राईले मुख्यमन्त्रीको विश्वासको मतबारे विपक्षीहरूसँग पनि सौहार्दपूर्ण ढंगले काम छलफल गरिएको पनि बताए । तर राम्रो कुराकानी हुँदाहुँदै आफ्ठ्यारोमा पार्ने काम एमालेले गरेको उनले बताए । ‘विपक्षीसँग पनि छलफल गरिएकै हो । राम्रो कुराकानी पनि भएको हो’, उनले भने, ‘त्यो भइसकेपछि पनि फेरि मुख्यमन्त्रीलाई अफ्ठ्यारो पार्न, ज्येष्ठहरूलाई बिदामा बसाउँदा भोलि अब भोलिका दिनमा कसरी विश्वास गर्ने ?’




















प्रतिक्रिया