Logo

राजनीति

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री थापाले भने– ‘सबै दल मिलेर अगाडि बढौं’



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत माग्दै मिलेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । प्रदेशसभामा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा विपक्षीले उठाएको प्रश्नको जवाफ दिँदै उनले सहमतीय सरकार अहिले पनि आवश्यक भएको बताए ।

मुख्यमन्त्री थापाले प्रदेशलाई दुर्घटनाबाट जोगाउनका लागि विपक्षी दल एमाले र राप्रपाको भूमिका महत्वपूर्ण हुन्छ भनेर भन्दा पनि सम्भव नभएको बताए । प्रदेशसभाको ठूलो दलको सरकारले विश्वासको मत लिन नसकेपछि आफूले दोस्रो दलको तर्फबाट नेतृत्व गर्ने कोशिष गरेको उनले बताए ।

पहिलो दलले सरकारको नेतृत्व गर्न नसकेपछि काँग्रेस अगाडि बढेको उनको भनाइ थियो । पहिलो कार्यकालमा आफूले शपथग्रहण गरेको दोस्रो दिनमै सर्वोच्चमा मुद्दा परेको विषय उप्काउँदै उनले अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको पनि स्मरण गरे ।

पहिलो कार्यकालमा आफूले मुख्यमन्त्रीको कुर्सीभन्दा पनि सर्वोच्चको ढोका पुग्नु परेको गुनासो गरे । त्यस समयमा प्रदेशका सर्वसाधरण बाढी, पहिरो र डुबानले अस्तव्यस्त हुनुपरेको अवस्था रहेको बताउँदै, लम्पीस्किन, डेंगुजस्ता महामारी हुँदा पनि सरकारले काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले सबैदल मिलेर सहकार्य गरेर सहमति गरेर अगाडि नबढेसम्म केही हुनै नसक्ने बताउँदै मिलेर अगाडि बढ्न अनुरोध गरे ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १७:३५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।