Logo

प्रमुख समाचार

कोशीका मुख्यमन्त्री उद्धव थापाले पाए प्रदेशसभाकाे विश्वास, सभाध्यक्षले पनि हाले मत



काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । विश्वासको मतका लागि सोमबारको प्रदेशसभा बैठकमा उनले प्रस्ताव गरेकामा पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ ।

प्रदेशसभामा तत्काल कायम रहेको संख्या ९३ को ४७ मत बहुमत रहेकाले मुख्यमन्त्री थापाले राखेका प्रस्ताव बहुमतले पारित भएको सभामुखले घोषणा गरे । ४७ पुर्‍याउन बैठककाे अध्यक्षता गरेका कांग्रेसका ज्येष्ठ सदस्य इस्राईल मन्सुरीले पनि विस्वासकाे मत हालेका छन् ।

मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका छन् । अध्यक्ष मण्डलकी अर्की सदस्य गीतालाई सभामुखको आसनमा बसाई मन्सुरीले विश्वासको मत दिएका हुन् ।

 

 

 

 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १८:०१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।