Logo

प्रमुख समाचार

सभाध्यक्षकाे प्रयोग गरेर विश्वासको मत पाएका मुख्यमन्त्री थापाले भने– ‘अर्को विकल्प के थियो र !’



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अन्य विकल्प नभएर सभाध्यक्षलाई मतदान प्रक्रियामा सहभागी गराइएको बताएका छन् । बैठकको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राईल मन्सुरीलाई प्रयोग गर्दै विश्वासको मत लिएपछि बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मुख्यमन्त्री थापाले भनेने, ‘प्रदेश सभा चाहिन्छ भनेर नै यो निर्णयमा पुगेको हो । यो निर्णयबिना अर्को विकल्प के थियो र ! प्रदेशलाई सरकारविहिनता राख्ने हो त ? गणित त्यस्तै थियो ।’

असंवैधानिक काम भएको विषयमा पत्रकारले प्रश्न गर्दा थापाले अब अदालतले निर्णय दिने बताए । उनले भने, ‘संविधानको र संसदको कुरामा फेरि पनि उहाँहरु अदालत जानुहुन्छ । सर्वोच्चले व्याख्या गर्ला ।’

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १८:१६   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।