Logo

प्रमुख समाचार

राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठक आज



राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग आज छलफल गर्दै छन्।

संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले आज ९मंगलबार० बिहान ८स्३० मा बैठक बोलाएका छन्।

पोखरेलका अनुसार समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् । पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन् ।

सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक–पटक संसद् अवरुद्ध पार्दै आएको छ। सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्‌को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गरेका थिए। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर राष्ट्रपति पौडेलले अवरोध अन्त्यको प्रयास गरेका थिए।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।