Logo

प्रमुख समाचार

म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छु : हर्क साम्पाङ



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने उनको चेतावनी छ ।

साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै असभ्य रुपमा गाली गरेको भिडिओ सार्वजनिक भएको थियो । त्यसपछि मेयर साम्पाङले आफूमाथि अभद्र व्यवहार गर्नेलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् ।

उनले भनेका छन्, ‘यो देशमा राज्य सरकार छ छैन ? म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन ! त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने रु अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने ?’

मेयर साम्पाङमाथि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेको आरोप छ । त्यसपछि मुद्दाको अन्तिम किनारा नलगेसम्म उक्त विवादित जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ११:५०   :  बजे

2.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।