Logo

अर्थ

एनएमबि बैंकले कमायो ३ अर्ब २९ करोड बराबर खुद मुनाफा



काठमाडौं । एनएमबि बैंकले आर्थिक गतिविधिको चुनौतिपूर्ण अवस्थामा पनि ३ अर्ब २९ करोड बराबरकाे खुद मुनाफा वृद्धि गरेकाे छ ।

अरू बैंकको खराब कर्जा आक्रामक वृद्धि भएर तनाव भएको अवस्थामा एनएमबि बैंकले खराब कर्जा भने ३ प्रतिशत तल राख्न सफल भएको छ ।

त्यस्तै वितरण योग्य मुनाफा पनि बैंकले १ अर्ब ५० करोड कायम गरेकाे छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५५ करोड थियो । बैंकले खुद मुनाफा पनि सामान्य वृद्धि गर्न सफल भएको छ ।

त्यस्तै प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको खुद ब्याज आम्दानी पनि बैंकले करिब ३१ प्रतिशतले वृद्धि गरेकाे छ ।

यस बैंकको संचालक समितिको अध्यक्षमा पवनकुमार गोल्यान रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा निको पिल, जीवनकुमार कटुवाल, योगेन्द्रलाल प्रधान, उत्तम भ्लोन, शिरीष कुमार मुरारका र स्वतन्त्र संचालकमा बन्दना पाठक रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सुनील के.सी.देखि डेपुटी सीईओमा सुदेश उपाध्याय र गोविन्द घिमिरे रहेका छन् ।

आर्थिक वर्ष ०७९-८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले ३ अर्ब ४१ करोड बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ३ अर्ब २९ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ३.६३ प्रतिशतको वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ६ अर्ब ३८ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ८ अर्ब ३४ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ३०.६० प्रतिशतको वृद्धि भएको छ ।

त्यस्तै, संचालन मुनाफा ६ दशमलव ११ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ६५ करोड संचालन मुनाफा गरेको थियो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रूपैयाँ ५७ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १७ रूपैयाँ ९२ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३.६३ प्रतिशतले बढेको छ ।

कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ५० करोड रहेको छ । अघिल्लो आर्थिक वर्ष वितरणयोग्य मुनाफा १ अर्ब ५५ करोड थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ३ दशमलव १५ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ८ रूपैयाँ १८ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ८ रूपैयाँ ४४ पैसा थियो ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब १० अर्ब निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८-७९ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १३.७९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ८.२२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८-७९ मा ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो । विगत ५ वर्षमा कम्पनीले जम्मा ५६.५० प्रतिशत बोनस, ४८.७५ प्रतिशत नगद लाभांश गरि १०५.२५ प्रतिशत लाभांश दिएको छ । ५ वर्षको औसत बोनस शेयर ११.३० प्रतिशत, नगद लाभांश ९.७५ प्रतिशत गरि कुल औसत लाभांश २१.०५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १२:५६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।