Logo

अर्थ

१७.६९ अंकले बढ्याे सेयर बजार, एक अर्ब ३३ करोडकाे कारोबार



काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.६९ अंकले बढेर २०१५.९८ को विन्दुमा बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३६ अंकले बढेर ३८५.९८ को विन्दुले बढेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियो पोतिएको छ । आज नेप्सेमा सूचीकृत २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा किनबेच भएका छन् ।

त्यसैगरी, वित्त समूह सर्वाधिक २.२१ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह १.६६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३७ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, लगानी समूहमा ०.८५ प्रतिशत, जीवन बीमा समूहमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा ०.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१५ प्रतिशत, अन्य समूहमा १.४८ प्रतिशत र व्यापार समूहमा ०.५८ प्रतिशतको बढोत्तरी भएको छ ।

आज कुमारी बैंकको संस्थापक सेयरको सर्वाधिक २८ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्स, शिवम सिमेन्ट, सोल्टी होटेल, घोराही सिमेन्ट, आईएमई लाइफ, माछापुच्छ्रे बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी र प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १५:५०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।