काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन् । सरकारको नेतृतव गरेको दल नेकपा माओवादी केन्द्रका नेता भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द हुने खतरा रहेको पौडेलले बताए ।
चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सुरु सुरुमा प्रधानमन्त्रीका भनाइमा पत्यार लाग्थ्यो । अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन । पुराना खोलिएका पनि बन्द हुने खतरा छ । ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टाचारको अनुसन्धानको यात्रा अड्किएको देखियो ।’
वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको सांसद पौडेलले बताए । ‘भ्रष्टाचारका अलि अलि फाइल खोल्न खोजेको छ’ उनले भने, ‘फाइल खोलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ । हामी पछाडि बसेर अँध्यारो भइरहेका छौं ।’ प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न उनले सुझाए ।
















प्रतिक्रिया