Logo

प्रमुख समाचार

‘समुदायमा कांग्रेस’ कार्यक्रम अनिश्चितकालका लागि स्थगित



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ । मंगलबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभएसम्मका उक्त कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।

साउनमा बसेको केन्द्रीय समिति बैठकले कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ कार्यक्रम गर्ने निर्णय गरेको थियो । प्रचार विभाग प्रमुख विश्वकर्माले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले उक्त कार्यक्रम अर्काे निर्णय नभएसम्मका लागि स्थगित गरिएकाे जानकारी दिए ।

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १८:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।