Logo

राजनीति

प्रधानन्यायाधीश श्रेष्ठको पहिलो निर्णय : स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने



काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाल गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर उनले पदबहाल गरेका हुन् ।

पदबहाल गरेलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय गरेका छन् । ‘मुद्दाका पक्षहरुले कहिले तारिख लिने भन्नेबारेमा यसअघि कर्मचारीहरूले नै निर्णय गर्ने व्यवस्था थियो’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘अब स्वचालित प्रणालीले नै तारिख तोक्नेछ । मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बार लगायतका आधारमा स्वचालित प्रणालीले आफै तारिखको दिन तोक्नेछ ।’

मुद्दाको तारिख दिने क्रममा कतिपय सेवाग्राहीले गुनासो र शंका गर्थे । स्वचालित प्रणाली सुरू गरेपछि त्यो पनि कम हुने अपेक्षा गरिएको छ । गोला प्रक्रियाबाट इजलास चयन र मुद्दा तोक्ने पद्धती भने यथावत रहेको प्रंवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार २०:१३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।