Logo

प्रमुख समाचार

कांग्रेसका मन्त्रीहरुको किन बस्यो छुट्टै बैठक ?



काठमाडौं । सरकारका कामबारे समीक्षा गर्न सत्ताघटक दल नेपाली कांग्रेसका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरुको बैठक बसेको हो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको अगुवाइमा भएको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतबाहेक कांग्रसका मन्त्रीहरु सहभागी छन् । महत अहिले क्यानडा भ्रमणमा छन् ।

पछिल्लो समय कांग्रेसभित्रै सरकारको कामबारे तिव्र आलोचना भइरहेको छ । सरकारका राम्रा कामको जश माओवादीले लिएर नराम्रा कामको अपजश आफूहरुलाई भिराएको कांग्रेसको बुझाइ छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ०६:३१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।