काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालले कुवेतलाई ९० रनको लक्ष्य दिएको छ ।
बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेट गुमाएर ८९ रन बनाएको छ ।
नेपालका तीन खेलाडीले मात्र कुवेतविरुद्ध दोहोरो अंकको रन बनाए । विन्दु रावलले २० तथा इन्दु बर्माले सर्वाधिक २३ रन बनाउँदा काजोल श्रेष्ठ १९ रनमा हविजित रहिन् ।
सिता रानामगरले ७ , कप्तान रुविना श्रेत्रीले ५, कविता जोशीले दुई तथा सम्झना खड्काले एक रन बनाएर आउट हुँदा खुसी डंगोल एक रनमा अविजित रहिन् । त्यस्तै ओपनर पुजा महतो र कविता कुँवरले खाता नै खोल्न सकेनन् ।
नेपाललाई सस्तैमा रोक्न कुवेतकी मारियाम्मा हैदर एक्लैले चार, मार्याम ओमरले दुई तथा प्रियन्दा मुरली र खादिजा खालिले एक एक विकेट लिए । मारिम्मा हैदरले चार ओभर बलिङ गर्दा जम्मा ८ रन खर्चेर नेपालको चार विकेट लिएकी हुन् ।
नेपालले पहिलो खेलमा हिजो हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने कुवेत मलेसियासँग ८ विकेटको पराजय ब्यहोरेको थियो ।




















प्रतिक्रिया