Logo

मनोरञ्जन

गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’को ब्राण्ड एम्बेसडर



काठमाडौं । नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला ‘प्रोजेक्ट नजिक’अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन् ।

‘स्मार्ट एक्सेस’ले बुधबार अस्ट्रेलियाको मेलबर्न स्थित आफ्नो अफिसमा एक कार्यक्रमबीच दीपक बज्राचार्य र उनकी छोरी चेरिसालाइ आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्ती गरेको हो ।

आजभन्दा करिब ९ वर्षअघि अस्ट्रेलियामा स्थापना भएको ‘स्मार्ट एक्सेस’ को अस्ट्रेलियामा बाहेक नेपाल,पाकिस्तान ,फिलिपिन्समा समेत कार्यालयहरू छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १३:०९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।