Logo

खेलकुद

चार देशीय महिना टी–ट्वान्टी सिरिज : फाइनलमा हङकङविरुद्ध पहिला बलिङ गर्दै नेपाल



काठमाडौं । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी(ट्वान्टी आई सिरिजको फाइनल खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । बायोमास ओभल मैदानमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।

नेपालले आज ओपनर विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई मौका दिएको छ । चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् ।

लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । शनिबार नै भएको तेस्रो स्थानको लागि कुवेतलाई पराजित गरि घरेलु टोली विजयी भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १२:०२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।