Logo

खेलकुद

चार देशीय महिला टी–ट्वान्टी सिरिजमा नेपाल चाम्पियन



काठमाडौं । नेपालले मलेसियामा भएको चार देशीय महिला टी–ट्वान्टी आई सिरिजमा नेपाल च्यम्पियन बनेको छ । फाइनलमा हङकङलाई १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

फाइनलमा जितका लागि नेपालले हङकङबाट १०२ रनको लक्ष्य पाएको थियो । त्यसपछि नेपालले ५ दशमलव ३ ओभर खेल्दै एक विकेटको क्षतिमा ३७ र बनाउँदा खेल वर्षाका कारण प्रभावित भयो । वर्षा नरोकिएपछि खेलको निर्णय डीएल मेथडबाट लिइएको हो ।

नेपालका लागि ओपनर इन्दु बर्माले १९ बलमा १९ रन जोडिन भने सीता रानामगरले १३ बलमा १३ रन बनाइन् । उनीहरू दुबै नटआउट रहे भने ओपनर काजल श्रेष्ठ शून्य रनमा आउट भइन् ।

त्यसअघि बायोमास ओभल मैदानमा हङकङले पूरै ओभर खेल्दै ६ विकटेको क्षतिमा १०१ रन बनाएको थियो । हङकङका लागि कायीङ चानले सर्वाधिक २९ रन बनाइन् । यस्तै मारिया एन्टोनियाले १९, शाजीन शाहजदले १४, यासमीन दासवनीले ११ जोड्दा इक्रा साहरले १० रन बनाइन् । यसबाहेक हङकङका अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका खुशी डंगोलले ३ विकेट लिइन् । अश्मिना कर्मचार्य र कविता जाशीले एक एक विकेट लिए ।

सिरिजमा नेपाल शीर्ष स्थानमा हरँदै फाइनल पुगेको हो भने हङकङ दोस्रो हुँदैन फाइनल पुगेको हो । लिग चरणमा भएको भेटमा पनि नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

शनिबार नै भएको तेस्रो स्थानको लागि कुवेतलाई पराजित गरि घरेलु टोली विजयी भएको थियो ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलेखेका हुन् । अब नेपालले २८ अगष्टमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।

नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १५:१४   :  बजे

399
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।