Logo

राजनीति

लोसपाले मनायो स्थापना दिवस



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थापना दिवसका अवसरमा पार्टीको झण्डोत्तोलन गरेको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको झण्डोत्तोलन गरे ।

लोसपा स्थापनाको दुई वर्षका अवसरमा झण्डोत्तोलनसहित नेता एवं कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको लोसपाका नेता केशव झाले जानकारी दिए । सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरुले उठाउँदै आएको मुद्दा सम्बोधन नभएसम्म एकताबद्ध भएर थप पहलकदमी लिन जरुरी भएको बताएका थिए ।

उनले पार्टी स्थापनाका अवसरमा नेता कार्यकर्ताबीच आपसी भाइचारा र सहअस्तित्व कायम गरी राजनीतिक विचारधाराको सम्वद्र्धनमा सक्रियरुपले लाग्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १६:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।