Logo

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्धारित मितिबाट पर सर्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको बताइएको छ ।

कांग्रेसका एक नेताका अनुसार अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो । साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ मा केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १४:४६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।