Logo

खेलकुद

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य



काठमाडौं । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पूरै ओभर खेल्दै ६ विकेटकाे गुमाएर ३४२ रन बनायो ।

पाकिस्तानका लागि कप्तानसमेत रहेका बाबर आजमले शतक प्रहार गरे । उनले १३१ बलमा ४ छक्का र १४ चौकाको मद्दतमा १५१ रन बनाए । यस्तै इफ्तिखर अहम्मेदले पनि शतक प्रहार गरे । उनले ७१ बलमा ४ छक्का र ११ चौकको मद्दतमा १०९ रन बनाए ।

यस्तै मोहम्मद रिजवानले ५० बलमा ४४ रन बनाए । अघा सल्मान १४ बलमा ५, ओपनर फखर जमान १४ र अर्का ओपनर इलम उल हक ५ रनमा आउट भए । शादव खाण दुई बलमा ४ रन बनाएर आउट भए ।

नेपालका सोमपाल कामीले दुई विकेट लिए । सन्दीप लामिछानेले तथा करण केसीले एक/एक विकेट लिए । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।

नेपालले पहिलो पटक एकदिवसीय विश्व वरियताको नम्बर एकमा रहेको टिमसँग प्रतिस्पर्धा गरेको हो । एकदिवसीय विश्व वरियतामा नेपाल १५औं स्थानमा छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १९:०५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।