Logo

बैंकिङ

सुधीर बस्नेतको निर्माणाधीन कोहिनुर हिल्स हाउजिङ लिलामीमा



काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको आरोप खेपिरहेका व्यापारी सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलाम हुने भएको छ । ललितपुरको इमाडोलमा रहेको निर्माणाधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न ऋण दाता कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना आह्वान गरेको हो ।

१० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहिनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया अघि बढाइएको कोषको सूचनामा उल्लेख छ । ऋण र त्यसको ब्याजसहितको भुक्तानी समयमै नतिरिएको कोषले जनाएको छ । लिलामी गरेर ऋण असुल गर्नुपर्ने भन्दै कोषले लिलामी सकार्न ३५ दिनको समय अवधि तोकेको छ ।

कोषलाई बस्नेतले हाउजिङका लागि लिएको २३ करोड र त्यसको सावाँ तथा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व छ । बोलपत्र फाराम सञ्चय कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोकबाट भर्न सकिने सञ्चय कोषले जनाएको छ । कोषका अनुसार सूचना सार्वजनिक भएको ३५ औं दिनको १ बजेभित्र खरिदका लागि प्रस्ताव गर्न सकिने छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १७:३१   :  बजे

600
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।