Logo

प्रमुख समाचार

कांग्रेसका पन्ध्र विभागमा प्रमुख मनोनयन



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रिय कार्यसमिति सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेका छन् । प्रन्ध्रवटा केन्द्रीय विभागका प्रमखको मनोनयन कांग्रेसले आज गरेको हाे ।

देउवाले कृष्णचन्द्र नोपाली पोखरेललाई प्रदेश समन्वय विभागको प्रमुख बनाएका छन् । त्यस्तै, पुष्पा भुसाललाई महिला विभाग प्रमुख, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग प्रमुख, किरण यादवलाई तराई मधेश समन्वय विभाग प्रमुख, योगेन्द्र चौधरीलाई थारु विभाग प्रमुखको जिम्मेवारीमा देउवाले मनोनयन गरेका छन् ।

त्यस्तै महेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय विभाग प्रमुख, आङ्गेलु शेर्पालाई पर्यटन विभाग प्रमुख, डा. रणबहादुर रावललाई गैर सरकारी संस्था समन्वय विभाग प्रमुख, दिलमान पाख्रिनलाई आदिवासी जनजाती विभाग प्रमुख, त्यस्तै प्रकाश रमाइली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख, रंगमती शाहीलाई पिछडिएको क्षेत्र विभाग प्रमुख, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय विभागको प्रमुख, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग प्रमुख र सीता थपलिया (उर्मिला)लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

कांग्रेसको विधानको दफा ३७ (१) को ग मा केन्द्रीय विभागसम्बन्धी व्यवस्था गरिएको छ । विधानबमोजिम प्रत्येक विभागमा प्रमुख रहने र विभागभित्र बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन कांग्रेसको क्रियाशील सदस्य हुनुपर्छ ।

Open photo

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार २२:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।