Logo

अर्थ

ललिता निवास प्रकरणमा भाटभटेनीका अध्यक्ष गुरुङमाथि फरक व्यवहार भो : जनजाति महासंघ



महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ललिता निवास प्रकरणमा जनजाति भएकै कारण व्यवसायी गुरुङ माथि फरक व्यवहार गरिएको प्रति आपत्ति प्रकट

काठमाण्डौ । अहिलेको चर्चित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका अध्यक्ष एवं व्यवसायी मिनबहादुर गुरुङलाई पक्राउ गरी हिरासतमा राखेर फरक व्यवहार गरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ संघीय परिषद् सचिवालयले आपत्ति प्रकट गरेको छ । महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ललिता निवास प्रकरणमा जनजाति भएकै कारण व्यवसायी गुरुङ माथि फरक व्यवहार गरिएको प्रति आपत्ति प्रकट गरेको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्ति मा जग्गा बिक्री गर्न निर्णय गर्ने, गराउने मन्त्रीपरिषद् र निर्णयकर्ताहरूलाई अलग्गै राखेर आफ्नो रगत पसिनाले आर्जेको धन खर्चेर कानुन बमाजिम राज्यलाई राजश्व तिरेर जग्गा खरिद गर्ने व्यवसायी गुरुङलाई अपराधीलाई जस्तो व्यवहार गरेर पक्राउ गर्नु आपत्तिजनक रहेको जनाएको छ ।

हेर्नुस् विज्ञप्ति

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०९:३१   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।