काठमाडौं । भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत सोमबार नेपालसॅंगको खेल गुमाउने भएका छन् । उनी व्यक्तिगत कारणले श्रीलंकाबाट भारत प्रस्थान गरेका बताइएको छ ।
उनको स्थानमा मोहम्मद सामीले प्लेईङ–११ मा मौका पाउॅंने सम्भावना रहेको छ । एसिया कपको समूह ए को अन्तिम खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । दुई देशबीचको खेल दिउँसो सवा ३ मा श्रीलंकाको क्यान्डीस्थिति पाल्लेकेले स्टेडियममा हुनेछ ।
समूह ए बाट पाकिस्तानले सुपर फोरमा स्थान बनाइसकेको छ । पाकिस्तानले १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ ।
सुपर फोरमा स्थान बनाउने पाकिस्तान पहिलो टोली समेत हो। शनिबार पाकिस्तानसँगको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब छ । आज भारतविरुद्ध जादुमयी प्रदर्शन गर्दै भारतविरुद्ध जित निकाल्न सके नेपाल सुपर फोरमा पुग्ने छ ।
















प्रतिक्रिया