Logo

खेलकुद

नेपालको अर्को विकेट पतन, गुल्सन झा आउट



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । अहिले नेपालले छैटौं विकेट गुमाएको छ ।

छैटौं विकेटमा रुपमा नेपालले गुल्सन झालाई गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए । उनले ३ चौकाको सहयोग २३ रन जोडेका हुन् । झाको विकेट भारतका मोहम्मद सिराजले लिएका हुन् ।

अहिले क्रिजमा दीपेन्द्र र साेमपाल कामी छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १७:३५   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।