Logo

खेलकुद

वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल सुरु



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको वर्षाले प्रभावित खेल पुनः सुरु भएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित भएको थियो ।

पानी रोकिएपछि पुनः खेल सुरु भएको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १९:०३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।