काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते यादवलाई ट्रमा सेन्टरमा पुर्याइएको छ । यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्राेतका अनुसार पक्राउ पर्नेमा नुवाकाेटका श्यामबाबु सापकाेटा छन् । खुकुरी प्रहार के कारणले भयाे भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ ।
नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय सापकोटा केही समयअघि संयुक्त जनआन्दाेलन माेर्चाका हुन्, जुन माेर्चा केही समयअघि कमल थापा नेतृत्वकाे राप्रपा नेपालमा समाहित भएकाे छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलका अनुसार उनी आफूलाई अभियन्ता पनि भन्ने गर्छन् ।
















प्रतिक्रिया