Logo

विपी साहित्य महोत्सवकाे तयारी समितिमा आफू नरहेकाे प्रेस युनियन अध्यक्ष लम्सालद्वारा जानकारी



काठमाडाैं । आफूलाई बिनाजानकारी विपी साहित्य महोत्सव मनाउने कार्यक्रमकाे तयारी समितिमा राखेकाे भन्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले  असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले आज प्रेस विज्ञप्ति जारी गर्दै आफू उक्त समितिमा नरहेकाे बताएका हुन् । विपी जयन्तीकाे अवसरमा कांग्रेसले भदौ २४ देखि २५ गतेसम्म ‘विपी साहित्य महोत्सव–२०८०, मनाउने तयारी गरेकाे छ । प्रेस युनियनलाई कांग्रेसकाे शुभेच्छुक संस्थकाे रुपमा चिनिन्छ ।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १९:४६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।