Logo

प्रमुख समाचार

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा को-को जाँदै छन् ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघको महासभामा जाने टोली तय भएको छ ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहनेछन् ।

नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि टोलीमा हुनेछन् ।

प्रधानमन्त्रीको टोली भदौ ३० प्रस्थान गर्नेछन् ।प्रधानमन्त्रीले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सो अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग नेपाल सरकारको विकास र प्राथमिकता, उपलब्धिहरू र चुनौतीहरू प्रस्तुत गर्ने तयारी रहेको छ । महासभा साइड लाइनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ताको कार्यक्रम तय गरिएको उनले बताए ।

अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति जो वाइडेनले गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने उनले बताए । मन्त्री साउदले भने– ‘संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने रात्रीभोजमा समेत प्रधानमन्त्रीज्यू सामेल हुने कुरा जानकारी गराउन चाहन्छु । अति कम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यस वर्ष उक्त समूहको अध्यक्ष समेत ‘शेयर अफ द ग्लोबल को अर्डिनेशन ब्युरो अफ लिस्ट डेभेलोपमेन्ट कन्ट्री’का हैसियतबाट सभाको बैठक सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।’

संयुक्त राष्ट्रसङ्घ महासभाको ७८ औँ महासभामा सहभागी भएर असोज ५ गते प्रधानमन्त्री सहितको टोली चीनको औपचारिक भ्रमणका लागि चीन जानेछ । भदौ १९ गतेदेखि राष्ट्रसङ्घको महासभा सुरु भइसकेको जानकारी गराउँदै सो महासभामा भदौ ३१ देखि असोज ९ सम्म उच्चस्तरीय तहको सहभागिता रहने उनले बताए । मन्त्री साउदले चीन भ्रमणको एजेन्डा निर्माण र प्राथमिकता निर्धारणका लागि मन्त्रालय र सरकार क्रियाशील रहेको पनि जानकारी गराएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १०:२३   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।