स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को जानकारी दिन दैनिक गर्दै आएको लाईभ ब्रिफिङ हप्तामा ७ दिनबाट छोट्याएर दुईदिनमा झारेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यस्तो ब्रिफिङ अब हरेक आईतबार र बुधबार हप्ताको दुई दिन मात्र हुनेछ ।
दशैंका कारण बिगत ४ दिनदेखि रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । यसै ब्रिफिङ मार्फत डा. गौतमले आइतबार र बुधबार मात्र कोभिड–१९ प्रेस ब्रिफिङ हुने जानकारी दिए । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।
प्रतिक्रिया