काठमाडौं । तौतर्फी विवादपछि अभिनेत्री झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् गीता’को प्रदर्शन अन्योलमा छ । निर्माण पक्षले यही भदौ २९ गते. प्रदर्शन मिति सार्वजनिक गरेपनि नामसँग कथावस्तु मेल नखाएको र पवित्र ग्रन्थ भगवत् गीताको अपमान भएको भन्दै विरोध भएपछि निर्धारित मितिमा यो चलचित्र प्रदर्शन हुनेमा द्विविधा उत्पन्न भएको हो ।
झरना थापाका पति सुनिलकुमार थापाले निर्माण गरेका यो चलिचित्र छायांकन सुरु गर्नुअगाडि देखि नै विवादमा तानिएको हो । चलचित्र विकास बोर्डबाट ‘श्रीमत भगवत् गीता’ भनेर सुरुमा अनुमति लिइएको थियो । बोर्डले पनि अनुमति दिएको थाहा पाएपछि धार्मिक संघसंस्था तथा धर्म गरु र सरोकारवालाले आपत्ति जनाए । त्यसबारे उनीहरुले बार्ड र निर्माण पक्ष दुवैको ध्यानाकर्षण गराएपछि चलचित्रको नाम परिवर्तन गर्दै निर्माण पक्षले ‘एक भगवत गीता’ बनाएको हो ।
निर्माण भइसकेर प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा धर्मग्रन्थ श्रीमद भगवत् गीताको भावना र मर्मभन्दा बाहिरको कथावस्तु समेटिएपछि विवादमा तानिएको हो । पहिलोको नाम विवादमा परेपछि अगाडि ‘एक’ थपिएर निर्माण गरिए पनि विवादमुक्त हुन नसकेको हो ।
धार्मिक ग्रन्थको नाम जोडेर बनाइएको चलचित्र सुरुमा धार्मिक नै बन्ने भनिएको थियो । सोहीअनुसार बोर्डले अनुमति पनि दिएको थियो । चचित्रमा आवश्यक सीन खिच्न तथा छायाकंनका लागि आवश्यक स्थलहरू जानकी मन्दिरलगायतका ठाउँ पनि धार्मिक चलचित्र निर्माणकै लागि भनेर प्रशासनबाट अनुमति लिइएको पाइएको छ । तर यो चलचित्र सुरुमै धार्मिक नभई फरक कथावस्तुमा निर्माण गर्न खोजिएको स्पष्ट हुन्छ ।
बोर्डबाट अनुमति लिँदा निर्माण पक्षले बुझाएको कागजात ‘स्कृप्ट मा’ भनिएको छ, ‘एक भागवत् गीता’ एक चार वर्षीय बालक ‘भागवत्’ र १७ बर्षिया बालिका ‘गीता’को जीवन भोगाई, इच्छा, चाहना र ती चाहना पुरा गर्न खोज्दा आईपर्ने बाधा–अवरोधमा आधारित चलचित्र हो । यी दुई पात्रमार्फत हाम्रो समाजमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पीडा, भोगाई र उनीहरुको अस्तित्वको लडाइँलाई देखाउन खोजिएको छ ।’ जब कि यस्ता विषय गीताको कुनै खण्डमा उल्लेख छैन ।
गीताको सार र मर्म नदेखाइएकोले अब नाम परिवर्तन नगरिए चलचित्र प्रदर्शनमा आउनै नदिने पक्षमा धामिर्क संघसंस्था छन् । ‘भगवत् भनेको एउटा तेस्रो लिङ्गी र गीता भनेको १७ ववर्षको बालिका भनेर देखाइएको छ । यसले समग्रतामा भ्रम पैदा गरेको छ । नाम एउटा कथावस्तु अर्को भएकोले नाम परिवर्तन नगरिए चलचित्र प्रदर्शन हुन सक्दैन’, शिवसेना नेपालकी केन्द्रीय सचिव सृजना वाग्लेले भन्छिन्, ‘यसो हुँदा यो चलचित्रले गीता भन्ने शब्दको दुरुयोग गरेको देखिन्छ । भगवत् गीता फरक व्यक्ति र दुई पात्र भन्नेमा आपत्ति हो ।’
निर्माण भइसकेको चलचित्र विवादमा तानिएपछि निर्माता/निर्देशकले स्क्रिप्ट हेरेर सुझाव दिन धार्मिक संघसंथालाई भनेको थियो । धार्मिक ग्रन्थ गीताकै मर्मअनुसार चलचित्र बनेको पनि निर्माण पक्षको दाबी छ । तर भगवत् गीतासँग चलचित्रको कथावस्तु छेउटुप्पो नमिलेको पाइएको भन्दै धार्मिक संस्थाले विरोध गरिरहेका हुन् ।
‘नाम चाहिँ व्यवसाययिक प्रयोजनका लागि र आममानिसको सेन्टिमेन्ट क्याच गर्नका लागि मात्र लिएको दपखिन्छ’, सचिव वाग्ले भन्छिन् ।
त्यसो चलचित्रप्रति निर्माण पक्षकै मत फरक फरक रहेको पाइन्छ । सुरुमा चलचित्र धार्मिक भनिएको भएपनि अहिले यो धामिर्क चलचित्र नभएको निर्माता सुनिलकुमार थापा बताउँछन् । हुन पनि यो चलचित्रमा प्रेम कथा देखाइएको छ । तर भगवत् गीताभित्र कतै प्रेमका छैन । चलचित्रमा देखाइएजस्तो अन्र्तजातीय विवाहका कुरा र लैगिंक विभेद्का कुरा पनि गीतामा छैन।
यता निर्देशक तथा सुनिल पत्नी झर्ना भने भगवत् गीताभित्रकै कर्मयोग देखाउन खोजिएको बताउँछिन् । फिल्मकी अभिनेत्री सुहाना थापाले आफै कृष्णभक्त भएकाले अहिले भगवत् गीता पढ्ने कोही नभएकोले यसभित्रको कर्मयोगलाई चलचित्रका माध्यमार्फत देखाउन खोजिएको बताउँछिन् । तर निर्माता सुनिल भन्छन्– ‘चलचित्र विरुद्ध प्रेम कथामा आधारित छ । तेस्रो लिङ्गीको समाजमा अस्तिव छ भनेर देखाउन खोजिएको छ ।’
सुरुदेखि नै चलचित्रको नामसँग कथावस्तु मेल नखाएको भन्दै विकास बोर्डको ध्यानाकर्षण गराउँदै आएका धामिर्क संघसंस्थाले सेन्सर बोर्डलाई र संचार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत अहिले ध्यानाकर्षण गराएका छन् ।
उनीहरूको दाबाबपछि संचार मन्त्रालयले यो विवाद मिलाएर मात्र सेन्सरमा पठाउन भनेर पत्र काटेको छ । सुरुमा धार्मिक भनेर अनुमति दिएको तर अहिले त्यही अनुसार चलचित्र निर्माण नभएका कारण विवादमा तानिएपछि विकास बोर्डका अध्यक्ष भुवन केसी तनावमा छन् । ‘मैले सुरुमै सचेत गराएको हो । त्यसपछि हामीले भित्रको कन्टेन्ट र नाम नै परिर्वत गर्यौं भनेर निर्माण पक्षले भन्यो’, बोर्ड अध्यक्ष केसी भन्छन्, ‘तर नामअनुसारको कथावस्तु छैन भनेर पहिला हामीलाई जानकारी भएन । हामीले हेर्ने पनि होइन । अहिले यसरी धार्मिक संघसंस्थाले कुरा उठाएपछि थाहा भयो । अहिले चौतर्फी प्रेसर छ ।’
विकास बोर्ड कसैको धामिर्क आस्थामाथि प्रहार गर्ने पक्षमा नरहेको उनी बताउँछन् । तर केसीप्रति एक भगवत् गीता निर्माण पक्ष सन्तुष्ट छैन । सुरुमा अनुमति दिएको तर अहिले रोक्ने खाजेको निर्माण पक्षको आरोप छ । आफूलाई असक्षम देखाएर आफ्नो स्वार्थसिद्ध गर्न लाग्नेहरूले आफूलाई आफ्ठ्यारोमा पारेको अध्यक्ष केसीको भनाइ छ ।
एकातर्फ निर्माण पक्ष सेन्सर रोक्ने अधिकार बोडलाई नभएको बताउँछ भने अर्को तर्फ संचार मन्त्रालयले विवाद बोर्डमै मिलाउन निर्देशन दिएको छ । त्यसमाथि झन् धार्मिक संघसंस्थाको चेतावनीसहितको पत्रले अध्यक्ष केसी अफ्ठ्यारोमा परेको देखिन्छ ।
यदि विकास बोर्ड, सेन्सर बोर्ड र संचार मन्त्रालय स्वयंले यथास्थितिमा यो चलिचलाई प्रदर्शनको अनुमित दियो भने नेपालभरका हलमै पुगेर रोक्ने धार्मिक संघसंस्थाको चेतावनी छ । साथै यथास्थितिमा चलचित्र चलेको अवस्थामा अदालत जाने चेतावनीसमेत उनीहरूको छ । जसले बोर्ड अध्यक्ष केसीमा थप तनावको स्थिति सिर्जना गरेको छ ।





















प्रतिक्रिया