Logo

अनलाइनपाना खोज

फलाेअप : कानून समाजका कार्यकारी निर्देशक कृष्णमानविरुद्ध अदालतमा यौन शोषणको मुद्दा



काठमाडौं । नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानमाथि यौन शोषणको गम्भीर आरोप लगाएकी एक पीडित महिलाले अदालतमा मुद्दा दर्ता गरेकी छन् । अनेकन् प्रलोभन देखाएर आफूमाथि कृष्णमानले लामो समय यौन शोषण गरेको बयान केहीदिन अघि अनलाइनपानालाई दिएकी पीडित महिला सुना (परिवर्तित नाम)ले आज (आइतबार) जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।

सुना (परिवर्तित नाम) को मुद्दा अदालतमा दर्ता भइसकेको छ । अदालतमा मुद्दा दर्ता भएपनि कृष्णमान भने अहिले देशबाहिर छन् । पारिवारिक स्रोतका अनुसार उनी अहिले माल्दिभ्स पुगेका छन् । अनलाइनपानाले पीडित महिला सुनाको बयानसहितको विशेष समाचार प्रकाशन गरेकै दिन भदौ १९ गते मंगलबार राति कृष्णमान माल्दिभ्स उडेका हुन् । अब कृष्णमान स्वदेश फर्किएपछि अदालती कारबाही अगाडि बढ्ने बताइएको छ ।

यसअिघ लामो समय आफू यौन शोषणमा पर्दा पनि पुरुषप्रधान देशमा गल्ती नहुँदा पनि महिलामाथि नै समाज खनिने डरले आफू चुप बसेको अनलाइनपनासँग पीडित सुनाले बताएकी थिइन् ।

  • याे पनि…

Exclusive : कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानमाथि यौन शोषणको आरोप (अडियोसहित)

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १९:१५   :  बजे

537
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।