Logo

अर्थ

बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक, यस्ता छन् फिचर



काठमाडौं । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रममार्फत् ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो । कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ ।

बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो । यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी हो।

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ। गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ ।

बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी इ–प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ। यो सेल–टू–प्याक (सिटिपी) प्रविधिमा आधारित छ ।

अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ। यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ ।

यो गाडी पूर्ण रूपमा विद्युतीय हो। कम्पनीले यो गाडी निर्माणमा कुनै पनि कमी छोडेको छैन। विभिन्न विशेषतासँगै सुरक्षाको हिसाबले पनि कम्पनीले डल्फिन उत्पादनमा उत्तिकै प्राथमिकता दिएको छ ।

यो ह्याचब्यागमा २ हजार ७०० एमएम ह्विलबेस प्रदान गरिएको छ। यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिन्छ । यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ ।

यसले गाडी चालकको कार्य सम्पादनमा धेरै सुधार गर्छ। साथै, सुरक्षाको हिसामा पनि थप बलियो पार्न मद्दत गर्छ । कम्पनीले बिवाइडी डल्फिन चलाउने चालकलाई सहज हुने ढंगले प्रविधि र प्रणाली रहेको कम्पनीले बताएको छ ।

बिवाइडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ ।

यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता दिइएको छ ।

यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्यु जस्ता फिचरहरू पनि समावेश गरिएको छ । यी फिचरहरूले गाडी चालकलाई सतर्क र उत्तरदायित्व बनाउनका साथै समग्र सुरक्षालाई बढावा दिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १५:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।