Logo

प्रमुख समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान आजदेखि



काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान आज (बुधबार)देखि सुरु गरेको । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियान शुभारम्भ गरेका हुन् ।

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप आजबाट परोपकार प्रसूति गृहसँगै सातै प्रदेशका संघीय अस्पतालहरूमा लगाइनेछ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाइलटिङका रूपमा संघीय अस्पतालहरूबाट सुरु गरेको हो ।

सुरुमा एचपीभी खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीलाई मात्र लगाइनेछ । यो खोप बागमती प्रदेशको परोपकार प्रसूति अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा २० हजार भाइल पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप दामासाही ९बराबर० तरिकाले वितरण गरिएको छ ।

यो एचपीभी खोप ६ महिनाको अन्तरमा दुई मात्रा लगाउनुपर्ने परिवार कल्याण महाशाखाले जनाएको छ । सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप दुई महिना अघि खरिद गरेको हो । यो खोप विश्व स्वस्थ्य संगठन (डब्ल्यूएचओ)को मान्यता प्राप्त खोप हो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १२:०४   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।