Logo

राजनीति

सीआईबीको निष्कर्ष : ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएकाे छ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो .सीआईबी)ले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । करिब ६१ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन सरकारी वकिल कार्यालाइलाई बुझाउनुअघि आयोजित पत्रकार सम्मेलनम सीआईबी प्रमुख किरण बज्राचार्यले यो निष्कर्ष सुनाएकी हुन् ।

६१ किलो सुन तस्करी प्रकरणमा सीआईबीले माओवादी नेत्री अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमध्ये १८ जना फरार सूचीमा छन् भने ३२ जना यसअघि नै पक्राउ परेर प्रहरी नियन्त्रणमा छन् ।

२ साउनमा बरामद भएको ब्रेक शुमा करिब ६१ किलो सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो ।

त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो । सीआईबी प्रमुख बज्राचार्यले भनिन्, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ ।’

त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरेको छ ।

 

  • याे पनि…

६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १२:४३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।