Logo

मनोरञ्जन

दीपक–दीपाश्रीले निर्माण गरेको फिल्म हल आजबाट सञ्चालनमा



काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको आईएनआई सिनेमा हल सञ्चालनमा आएको छ ।

नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाजकाे शुक्रवार आयोजित एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकालले रिवन काट्दै हलको शुभारम्भ गरे ।

कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए । उनले भने ‘यो निकै गाह्रो कुरा हो । सिनेमा निर्माण र प्रदर्शनको व्यापार एउटै भए पनि गर्न कठिन छ । निर्माता र प्रदर्शक फरक कुरा हो ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एकजना कलाकारले मिहिनेत गर्यो भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने सन्देश प्रवाह भएको बताए । उनले भने, ‘यो सबै चलचित्रमकीहरुको लागि एकदम राम्रो सन्देश हो र व्यवसायीहरुका लागि पनि राम्रो सन्देश हो । आउने दिनमा चलचित्र क्षेत्रमा आएको आर्थिक समस्या विस्तारै सुध्रिएर जानेछ ।’

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपक र दीपाश्री एवं उनीहरुको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्यााएका हुन् ।

कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, निर्देशक सम्झना रौनियार उप्रेती, निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जन, कलाकार निर्मल शर्मा ‘गैडा’, निर्देशक नबल नेपाल लगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट छन् । निर्माण लागत ९ करोड रहेको दीपकले बताए । सिनेमा हलमा दीपकसँगै दीपाश्री, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १२:३४   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।