Logo

प्रमुख समाचार

कालो पट्टी बाँधेर देशभरका चिकित्सकहरू आन्दोलित, प्रत्यक्ष मारमा बिरामी



काठमाडौं । डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।

हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएकाे हाे ।

अस्पतालको सेवा बन्द हुँदा उपचारकालागि पुगेका विरामीहरु मर्कामा परेका छन् । उनीहरु अस्पतालमा टाँसिएको सूचना हेर्दै आफ्नाे बिरामीले उपचार पाउने आशमा अस्पताल परिसरमा ढुकेर बसिरहेका छन् ।

बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको नेपाल चिकित्सक सङ्घले जनाएको छ ।

संघले सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्दको निर्णय गरेको हो ।

आन्दोलनरत चिकित्सकहरुले हातमा कालो पट्टी र ब्यानरसहित विरोध गरिरहेका छन् । अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पताल दुई चिकित्सकमाथि कुटपिट भएको थियो ।

No description available.

No description available.

No description available.

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार ११:२७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।