Logo

प्रमुख समाचार

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन



काठमाडौं । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए ।

समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ ।

चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा सङ्घले बन्द गरेको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार  १२ : ४९ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।