Logo

प्रमुख समाचार

पुष्पराज शाही बने सम्पत्ति शद्धीकरणका महानिर्देशक



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् । सरकारले पुष्पराज शाहीलाई सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

२९ भदौमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव शाहीलाई प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर पठाइएको थियो । उनै शाहीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।

वि.स. २०७८ माघमा उनी अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख थिए। भिजिट भिषाको आवरणमा मानव तस्करी गर्नेहरुलाई उनले सहयाेग गरेकाे आराेप लागेकाे थियाे । तत्कालीन समयमा उनलाई मानव बेचविखन विषयमा ब्युरोले बयानसमेत लिएकाे थियाे । त्यसकाे केही दिनमा नै गृहमन्त्रालयले खाडी मुलुकमा भिजिट भिषा प्रतिबन्ध लगाउँदै विज्ञप्ती जारी गरेकाे थियाे ।

विभागका हालका महानिर्देशक तारानाथ अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आर्थिक मामिला हेर्ने कूटनीतिज्ञ (इकोनोमिक मिनिस्टर) का रुपमा काम गर्ने गरी सरुवा गरिएको स्रोतले जानकारी दियो । अधिकारीले परराष्ट्र मन्त्रालय अन्तरगत रहेर दिल्लीमा काम गर्नेछन् । हालसम्म उक्त पद रिक्त थियो । अधिकारी २८ भदौ २०७९ मा विभागको महानिर्देशक बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको यो विभागमा प्रधानमन्त्रीले चाहेअनुसार नै महानिर्देशक खटाउने गरिएको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १७:२७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।