काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।
नाबालिका बलात्कारको आरोप लागेका सन्दीप विरुद्धको मुद्दाको सुनुवाइ पटक पटक स्थगित हुँदै आएको छ । अब अर्को सुनुवाइको मिति तोकिएको छैन ।




















प्रतिक्रिया