Logo

राजनीति

प्रदेश अधिवेशन प्रतिनिधि छनौटको सिलसिलामा भक्तपुरकाे चाँगुनारायणमा झडप



काठमाडाैं । नेकपा एमाले बाग्मती प्रदेशकाे प्रथम अधिवेशनको प्रतिनिधि छनौटको सिलसिलामा भक्तपुरकाे चाँगुनारायणमा झडप भएकाे छ । चाँगुनारायण नगरपालिकाका उप प्रमुखसमेत रहेका जिल्ला कमिटी सदस्य रमेश बुढाथोकी जिल्ला संगठन विभाग प्रमुखहरूमाथि भौतिक आक्रमणमा उत्रिएपछि झडपकाे स्थिति सृजना भएकाे हाे ।

चाँगुनारायणको प्रतिनिधि छनौट सर्वसम्मत भएको भएता पनि नगर कमिटी अध्यक्ष राम तिमिल्सिनाले उपमेयर बुढाथोकीको निर्देशनमा माइन्युट लुकाएकाे र माइन्युट माग गर्दा उपप्रमुखले जिल्ला संगठन विभाग प्रमुख शिवराम तिमिल्सिनालाई फोनमा गाली गलौज गरि धम्की दिएको र पछि भौतिक आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेकाे हाे ।

भक्तपुरका एक एमाले नेताका अनुसार उक्त समयमा उप प्रमुख बुढाथोकीले मादक पदार्थ सेवन गरेका थिए । जिल्ला नेता कुटिनुले कार्यकर्तामा निराशा छाएको र न्यायिक समितिको प्रमुखले अरूलाई कसरी न्याय दिन्छ भनेर जनता चिन्तित भएको ती नेताकाे भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार २०:०१   :  बजे

360
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।