Logo

अर्थ

खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल



काठमाडौं । खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षबीच आज हस्ताक्षर भएको हो । समझदारीपत्रमा खानीखोला हाइड्रोपावरका तर्फबाट सीईओ भरत लामिछाने थापा र क्यापिटलका तर्फबाट सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो समझदारीसँग सिटिजन्स क्यापिटलले खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा रुपमा काम गर्नेछ । खानीखोला हाइड्रोपावरले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ ।

बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर ल्याउने निर्णय गरिएको कम्पनीले जनाएको छ । विद्युत नियमन आयोगबाट सहमति लिई कम्पनीले हकप्रद ल्याउने अजेन्ड स्वीकृतिका लागि आगामी साधारणसभामा पेस गरी पारित गर्नेछ ।

यो कम्पनीको ललितपुरमा टुगुंन–ठोस्ने र खानी खोला जलविद्युत आयोजना क्रमशः ४.३६ मेगावाट र २ मेगावाट क्षमताको सञ्चालनमा छन् । यसले २०७३ मंसिरबाट व्यावसायिक उत्पादन सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १७:११   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।