काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ ।
शुक्रबार शुरु भएको अधिवेशन अन्तर्गत आज मतदान हुने भएको हो । निर्वाचन समितीका अनुसार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुनेछ । शुक्रबार बन्द सत्र तथा साधरणसभा सकिएको थियो ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुने । चन्द यसअघि क्यानका अध्यक्ष थिए । उनी यसपटक पनि अध्यक्षमा दाेहाेरिन चाहेका हुन् ।
विजयराज भण्डारी क्यानकाे लुम्बिनी प्रदेश उपाध्यक्ष हुन ।
चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दैछन् । पारसको विरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल मैदानमा छन् ।
नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरिसकेकाे छ । क्यानको विधानअनुसार ८६ जना मतदाता हुने व्यवस्था छ। तर झापाबाट दुई छुट्टाछुट्टै गुटले दुई फरक प्रतिनिधि पठाएपछि क्यानले दुवैको नाम समावेश नगरी कुल ८५ मदताताको नामावली सार्वजनिक गरेको छ ।




















प्रतिक्रिया