Logo

प्रमुख समाचार

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट चार संस्था पुरस्कृत



काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यसवर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन् ।

२ लाख रुपैयाँको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत पुरस्कृत भएको छ । कोषका अनुसार यस सस्थाले वृद्धवृद्धाहरूलाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्य उपचार दिँंदै आएको छ । साथै वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोर सम्मानित भएका छन् ।

यसैगरी कोषले रु. १ लाख राशीको रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौंमा अवस्थित संस्थालाई प्रदान गरिएकोे जनाएको छ । यस संस्थाले समाजका असहाय वर्गको उद्धार गरी संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको छ । यसका संस्थापक दुर्गानाथ दाहाल सम्मानित भएका छन् ।

त्यस्तै रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट धनगढी उपमहानगरपालिका–१, कैलालीमा रहेको दृष्टि फाउन्डेसन पुरस्कृत भएको छ । यस संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गर्नुका साथै परिवारसँंग पुनस्र्थापना गराउँदै आइरहेकोे छ । यस संस्थाका अध्यक्ष कल्पना भट्ट सम्मानित भएका छन् । यो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
यस वर्ष संस्था एक दशक पुगेको अवसरमा प्रदान गरिएको अतिरिक्त रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठूलागाउँ, तारकेश्वर नगरपालिका – ३ लाई प्रदान गरिएको संस्थाले जनाएको छ । यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गरेको छ । संस्थाले उनीहरुलाई शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन काम गरिरहेको छ । एक लाख नगद पुरस्कारसहित संस्था पुरस्कृत हुनुका साथै अध्यक्ष नरबहादुर राउतलाई पनि सम्मान गरिएको थियो ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषका अधिकारीहरुले बताएअनुसार पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न ५ जना संलग्न एक छनोट समिति गठन गरिने गर्छ र यसले निष्पक्ष र वस्तुपरक ढङ्गले छानबिन गरी छनोट गरी पुरस्कार र सम्मानका लागि सिफारिस गर्छ ।

प्रकाशित मिति : आश्विन ७, २०८० आईतबार  ४ : ०७ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।