Logo

प्रमुख समाचार

अभियान्ता ई: भन्छन्- ‘मेयर बालेन आएर बार्तामा बाेलाएका हाेइनन् !’



काठमाडौं । मेयर बालेन शाहलाई चुनावी बाचा सम्झाउन सात दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका अभियन्ता ईः ले आफूहरुलाई बाेलाउन काठमाडाैंका मेयर बालेन शाह नआएकाे जानकारी गराएका छन् ।

लामाे समय मेयर बालेललाई सचेत गराउन सडक छेउमा निरन्तर उभिरहेका ई: काे पक्षमा विभिन्न राजनीतिक दल र मिडियाले सहयाेग गरेपछि मेयर बालेनले नगरप्रहरीलाई बार्ता अभियान्ता ई: लाई बाेलाएर ल्याउन पठाएका थिए । आज मेयरले नगरप्रहरीलाई बाेलाउन पठाएपछि ई: ले भने आफ्ना साथीहरु पनि बाेलाउन केही समय दिनुपर्ने बताएका थिए ।

काठमाडौं महानगरका एक नगर प्रहरी नजिक आएर ईःले भने, ‘मेयरसाबले खोज्नु भएको छ, भित्र आउनुपर्‍यो ।’ ई: ले जवाफ फर्काए, ‘वार्ता गर्ने भए कम्तिमा एक/आधा घन्टा दिनुपर्छ । हाम्रो पक्षबाट कानुनी जानकार, सहरी विकासका जानकार साथीहरु आउनुपर्छ ।’ जवाफमा नगर प्रहरीले ‘अहिले भेट्ने भए भेट्नुपर्‍यो, नभए भेट्दैनन् ।’ भनेकाे ई: ले बताए ।

अभियन्ता ईः ले महानगरले वार्ता गर्न चाहेको भए आफूहरु तयार रहेको बताए । तर महानगरको नेतृत्व वार्ता गर्ने भन्दा पनि वार्तामा बोलाएकै हो, आएन भनेर प्रचार मात्र गर्न खोजेको ई: काे आराेप छ। उनी भन्छन्, ‘हकारेर बोलाउने, नआएर पछि भेट हुँदैन भनेर थर्काउने भनेको सनक प्रवृत्तिकै निरन्तरता देखियो ।’

यसै विषयमा मेयर बालेनले केही समय अघि स्टाटस लेखेका छन्। उनले लेखेकाे छन्, ‘बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ ।
के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?’

उता ई: ले पनि मेयर बालेकाे उक्त पाेष्टलाई जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – “त्यसोभए मेयरले भेट्दैन!”

निरन्तर उभिइरहँदा ईः को खुट्टा निकै सुन्निएको छ । ईः ले गरिब हैन गरिबी हटाउन माग गर्दै माहानगरका मेयर बालेन शाहसँग जवाफ मागीरहेका छन् । ‘इनफ इज इनफ’ अर्थात् ‘अब त अत्ति भयो’भन्ने आन्दाेलनबाट उदाएका ई: काे नाम इशान हाे । उनले थर र नाम उल्लेख गरेका छैनन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १४:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।