काठमाडौं । नेपालले आज क्रिकेटमा तीनवटा विश्व कीर्तिमान कायम गरेको छ ।
एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल– मंगोलिया बीचको जारी खेलमा तीनवटा किर्तिमान कायम गरेको हो ।
पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिँदै नेपालले ती किर्तिमान कायम गरेको हो ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको छ ।
जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।
दोस्रो, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन। यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन् ।
तेस्रो, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन् । उनले ३४ बलमा शतक पुरा गरेका छन। यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाइएको छ ।




















प्रतिक्रिया