Logo

आजको तस्बिर

आन्दोलित राहत शिक्षकहरूले सडकमै गरे नाचगान (तस्बिरहरू)



काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी राखेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरेका छन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूका माग सम्बाेधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

तस्बिरहरू :

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १५:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।